एसिया–प्रशान्त क्षेत्रीय प्रारम्भिक बालविकास सम्मेलन काठमाण्डौमा सुरु

 

काठमाडौ २२ जेठ —एसिया–प्रशान्त क्षेत्रीय प्रारम्भिक बालविकास सम्मेलन तथा तेस्रो एसिया प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठक काठमाडौ सुरु भएको छ । सम्मेलन शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको आयोजनामा भएको हो । सम्मेलनमा प्रारम्भिक बालबिकासमा भइरहेको नयाँ अभ्यास, अनुसन्धान तथा प्रयोगबारे ज्ञान तथा अनुभव आदन–प्रदान एवं विद्यमान नीति, शिक्षाको समता र गुणस्तर सुधार सम्बन्धि विषयमा छलफल हुनेछ । एसिया प्रशान्त क्षेत्रका ४० देशका नीति निर्माता, उच्च पदाधिकारी, विकास नियोगका पदाधिकारी, अनुसन्धानकर्ताका साथै प्रारम्भिक बालविकास, हेरचाह र शिक्षाको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधीहरु सहित ७ सय प्रतिनिधीको सहभागीता रहेको छ ।