चीनसंगको इनर्जी कोअडिनेशन सम्झौता हुने निश्चीत

काठमाडौं, २२ जेठ—चीन संगको ‘इनर्जी कोअडिनेशन’ सम्झौता हुने भएकोछ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा यस्तो सम्झौता हुने निधो गरिएको हो । यसका साथै गल्छी—केरुङ—रसुवागढी अन्तरदेशीय प्रसारणलाइनको डीपिआर निर्माण गर्ने सहमति पनि सरकारको तयारी भएकोछ ।
चीनसंग उर्जा समन्वयन सम्झौता गर्ने प्रस्ताव उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको छ । यदि यो विषयमा पास हुने वित्तिकै चीन संग सम्झौता हुने पक्का भएकोछ । मन्त्रालयले चिनीया सरकारी अधिकारीसंग छलफल गरेर नै यो फाइल अगाडि बढाएको हो ।
समाचार स्रोत ः अनलाइन खबर डटकममा सुदिल पोखरेलले लेखेको समाचारका आधारमा