जनसंख्याको अत्याधिक वृद्धि र प्राकृतिक सम्पदाको असन्तुलित प्रयोगले वातावरणमा असर

काठमाडौं, २२ जेठ—जनसंख्याको अत्याधिक वृद्धि हुनु र प्राकृतिक सम्पदाको असन्तुलन प्रयोग भएकाले नेपाला वातावरणमा सुक्ष्म असर परेकोछ । वातावरण विभागको अध्ययन अनुसार जनसंख्या वृद्धि संगै भौतिक संचना निर्माण, जल व्यवस्थापन, उर्जा र प्रदुषण लगायत जलवायु परिवर्तनमा डरलाग्दो चुनौति थपिदैगएको उल्लेख छ । वातावरण ख्यालै नगरि जथाभावी बनाईका भौतिक संरचनाले पनि वातावरणमा असर परेको हो ।
जसले गर्दा खाने पानीको अभाव, बाढी पहिरो, माटो र पानीको गुणस्तरमा कमि लगायत समस्या चर्किदैछन् । दुई प्रतिशतको दरले जनसंख्या वृद्धि भइरहेको र आन्तरिक बसाई सराईले वातावरणमा गिरावट आएको अनुसन्धानले खुलाएकोछ । साथै विश्व स्वास्थ्य संगठनको अध्ययनले मापनमा ७० माईक्रोग्राम हुनु पर्नेमा काठमाडौको मापनमा १ सय २० माइक्रोग्राम नाघेको पाइएकोछ । विश्व वातावरणरण दिवस मनाईरहदा काठमाडौले निकै सचेत अपनाउनु पर्ने अवस्था छ ।