ढुंगेलको रिहा विरुद्ध कांग्रेसको भत्सना

काठमाडौं २१, जेठ—बालकृष्ण ढुंगेललाई आममाफी दिने बारे सरकारको निर्णयको कांग्रेस जनसम्पर्कले भत्सना गरेको छ ।
निर्णय विधिको शासन, कानुनी सर्वोच्चता र मानव अधिकार विरुद्ध रहेको जनाकारी समितिले विज्ञप्ती मार्फत दिएकोछ । गणतन्त्र विरुद्धको षडन्त्र, दण्डहिनताको प्रश्रय र एकदलिय कम्युनिष्ट शासनकाृ अभ्यास हुदै आएको संकेत बालकृष्ण ढुंगेलको रिहाले दिएको दावी छ ।
जन सम्पर्क समीतिका अध्यक्ष सीता सापकोटाले जारी गरेको विज्ञप्तीमा यस्तो निर्णय जीवन उत्सर्ग गर्ने सहीदहरु प्रतिको अपहेलाना पनि रहेको उल्लेख छ ।