बहसमा प्रदेशको राजधानी

काठमाडौं २१ जेठ—प्रदेशको राजधानी तोक्ने बारेमा सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभालाई अनुरोध गरेका छन् । बैठकलाई सोमबार प्रदेश सभा बैठकमा विशेष सम्बोधन गर्दै राजधानीको बनाउने कुरामा धेरै रस्साकस्सी नगर्न समेत उनले आग्रह गरे ।
उनले राजधानी हुन्छ भन्दैमा विकास भइहाल्ने स्थिति नरहेको बताए । साथै राम्रो र ठिक ठाउमा सहमति जुटाउन अनुरोध गरे ।
हेटौंडामा –नकेपा) ले गरेको कार्यक्रममा अगुवा कार्यकता भेला भएका थिए । जहा राजधानीको विषयमा नबोलि अरु काम आफैले गर्नु पर्ने धारणा राखे । प्रदेश सभा सदस्य कुमारी मोक्तानले चाहि हेटौडामै प्रदेशको राजधानी बनाउन आफ्ना संसदलाई अप्रत्यक्ष रुपमा निर्देशन दिन अनुरोध गरेका थिए ।