प्रधानमन्त्री ओली पाँच दिने भ्रमणका लागि असार ५ मा चीन जाने

काठमाडौँ-   प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन लामो भ्रमणका लागि असार ५ गते उत्तरी छिमेकी चीन जाने भएका छन् ।

असार ५ गतेदेखि १० गतेसम्म हुने भ्रमणको तालिका मिलाएर चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल बेइजिङ प्रस्थान गरिसकेका छन् ।

सरकारले ओलीको चीन भ्रमण कार्यक्रमलार्इ गोप्य राखेको छ । ओलीको चीन भ्रमणको कार्यक्रमको टुंगो दुवै देशले बुधबार फाइनल गरेका हुन् ।

ओली चीन भ्रमणका क्रममा सिचुवान पनि पुग्ने भएका छन् । ओलीको भ्रमण पूर्वतयारीका लागि परामर्शमा आएका चीनका लागि नेपाली राजदूत पौडेल बेइजिङ फर्केर भ्रमणको तयारी थालेका छन् ।
यसअघि पहिलो कार्यकालमा ओली २०७४ चैत २३ गते चीनको भ्रमणमा गएका थिए । त्यसबेला महत्वपूर्ण पारवाहनसहितका सहमतिमा हस्ताक्षर भएको थियो ।

ओलीको यो पटकको भ्रमणमा चीनसँग अन्तर देशीय कनेक्टिभिटी अन्तरगत रेल सञ्जाल निर्माणसहितका परियोजनामा हस्ताक्षर हुने अनुमान गरिएको छ ।