शैक्षिक प्रमाणपत्र धितोमा सात लाखसम्म ऋण

जेठ १६, काठमाडौँ – सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रुपैयाँसम्म ऋण दिने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको आर्थिक बर्ष ०७५, ७६ को बजेटमा उक्त व्यवस्था गरिएको हो ।

उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन लगिएको हो ।

त्यस्तो कर्जाको अनिवार्य सुरक्षण हुने र व्यवसायको विमा गर्ने व्यवस्था मिलाईने भएको छ ।

त्यस्तै, एक बर्षभित्र सबै नेपालीको बैंक खाता खोल्ने अभियान सञ्चालन गरिने भएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।