यस्ताे छ १३ खर्ब १५ अर्बको बजेट (पूर्णपाठसहित)

जेठ १६, काठमाडौँ – सरकारले आागामी आर्थिक वर्ष २०७५/०७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ ।

संघीय संसद्काे अाजकाे बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले अागामी अार्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

अघिल्लाे सरकारले चालू आर्थिक वर्षका लागि भने १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड अर्थात् ६४.३ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् २३.९ प्रतिशत रहेको छ ।

त्यसैगरी वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात् ११.८ प्रतिशत रहेको छ ।

आगामी आर्थिक वर्षमा ८ प्रतिशत आार्थिक वृद्धिदर र ६.५ प्रतिशत मुद्रास्फीति रहने प्रक्षेपण बजेटमार्फत अर्थमन्त्रीले गरेका छन् ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख बेहोर्दा ४ खर्ब २५ अर्ब २ करोड ८२ लाख न्यून हुनेछ ।

सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब २ करोड जुटाउने सरकारकाे याेजना छ ।

राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा १ खर्ब ७२ अर्ब न्यून हुनेछ । सो न्यून पूर्ति गर्न आन्तरिक ऋणबाट बेहोरिने बजेट भाषणकाे क्रममा अर्थमन्त्रीले उल्लेख गरे ।