दाङमा झाडापखालाबाट १२ सय बिरामी , बिद्यालय बन्द

काठमाडौ, १३ जेठ— दाङको शान्तिनगर गाउँपालिकाका शनिबार बिहान देखि फैलिएको झाडापखालाबाट ग्रसित हुुनेको संख्या १२ सय पुुगेको छ । बिरामी हुने क्रम बढेपछि स्थानीय वीपी कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कूल दुई दिनका लागि बन्द गरिएको छ । अधिकांश बिरामीहरु महिला र बालबालिका छन् । शान्तिनगर–३ पातेटाकुराकी ४७ वर्षीया डिला चन्दको अवस्था गम्भिर भएपछि उनलाई नेपालगञ्ज रिफर गरिएको छ । अन्यको स्वास्थ्य चौकीमा आयोजित शिविरमा उपचार गरिएको छ । माइलीपानी खानेपानी आयोजनाको मुहानमा प्रदूषण भएपछि ३ र ४ नं. वडामा झाडापखाला फैलिएको हो ।