पुर्पक्षका लागि ‘गोरे’लाई थुनामा राख्न आदेश

काठमाडौ, १३, जेठ— साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपित चुडामणि उप्रेती गोरेलाई जिल्ला अदालत मोरङ पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

आइतबारको थुनछेक बहस सकिएपछि न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले सो आदेश दिएको हो ।
आजको वहसमा गोरेको पक्षबाट अधिवक्ता यमबहादुर मगरले बहस गरेका थिए ।
यता, सरकारका पक्षबाट जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठक र सहायक न्यायाधीवक्ता रोहितकुमार पोखरेलले बहस गरेका थिए ।