प्रतिनिधिसभाको सभामुखमा महन्थ ठाकुरको नाम प्रस्ताव

जेठ १३, काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा सभामुखको प्रस्ताव गरेको दाबी आजको कारोबार दैनिकले गरेको छ ।

सभामुख र उपसभामुख अलग अलग पार्टीबाट हुनुपर्ने प्रावधान छ । तर एमाले–माओवादी एक भएपछि प्रतिनिधिसभाको सभामुख र उपसभामुखका एकै पार्टीबाट प्रतिनिधित्व भइरहेको छ । हाल कृष्णबहादुर महरा सभामुख र शिवमाया तुम्बाहाम्फे उपसभामुख छिन् ।

कारोबारले ठाकुरलाई सभामुखको प्रस्ताव गएको दाबी गर्दै छिट्टै अध्यक्ष मण्डलको बैठक यसबारे निर्णय गर्न बस्न लागेको जनाएको छ ।