दाङमा झाडापखालाको महामारी, औषधि अभाव

काठमाडौ, १२ जेठ— दाङको शान्तिनगर गाउँपालिकाका झाडापखालाको महामारी देखिएको छ ।
शान्तिनगर ३ चिराघाट लगायतका क्षेत्रमा शुक्रबार रातिदेखि देखिएको झाडापखालाको महामारी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । अहिलेसम्म १० जनाको स्वास्थ्यकर्मीको टोली उपचारमा खटिएको भए पनि महामारी नियन्त्रणमा लिन सकिएको नसकिएको । शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए ।
गाउँका सबै बिरामी परेको र औषधि अभाव भएको उनको भनाइ छ । ‘उपचारमा किहानैदेखि हामी खटिरहेका छौ। तर, पनि नियन्त्रण गर्न सकिएको छैन’, उनले भने, ‘जनशक्ति पनि कम भयो औषधि पनि अभाव छ। गाउँपालिका र आसपासका क्षेत्रमा भएको सबै औषधि खपत भइसक्यो।’ अन्नपुुर्ण पोष्टमा खवर छ ।