यस वर्ष सरकारी कर्मचारीको तलब नबढ्ने

जेठ १०, काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष निजामती कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् ।

तलब बढाउन माग राख्दै बुधबार अर्थ मन्त्रालय पुगेका निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका प्रनिनिधिलाई उनले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने जवाफ दिएको कारोबारमा खबर छ ।

उक्त अवसरमा युनियनले आफ्नो १८ बुँदे माग राखेको थियो । निजामती कर्मचारी ऐनले नै प्रत्येक दुई वर्षमा महँगीको अवस्थालाई हेरेर कर्मचारीको तलब सुविधा बढाउने व्यवस्था गरेकोले पनि आगामी आवमा कर्मचारीको तलब सुविधा बढाउनुपर्ने उनीहरुको तर्क छ ।