गरिबीको सुचिमा महिला मन्त्री बिना र थममाया

 

काठमाडौ, ९ जेठ — सम्पत्ति विवरण बुझाएका मध्ये दुईजना महिला मन्त्रीहरु थममाया थापा र बिना मगरको सम्पत्ति कम देखिएको छ ।
खानेपानी मन्त्री बिना मगरले सम्पत्ति विवरणमा चितवनमा पति प्रकाश दाहालको नाममा २ कठ्ठा जमिन र एउटा स्कुटर रहेको देखाएकी छन । उनले सीता दाहालको नाममा चितवनमा रहेको १ कठ्ठा जमिन रहेको देखाएकी छन् ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले म्याग्दीमा आमाबाट प्राप्त सात आना जग्गा र भूकम्पपीडित कोषबाट प्राप्त १५ हजार रुपैयाँ मौज्दात रहेको देखाएकी छन्।