रंगमा रमाएको जोडी

प्रकृति दाहाल
काठमाडौ— सादा क्यानभास । कुचिले रंग छेप्दा मात्रै मुर्त होस् या अमुर्त रंगीन आकृति बनिदिन्छ । चित्रकार नरबहादुर र प्रमिला परियारको जीवन कथा उनीहरुकै क्यानभास जस्तै रंगीन र रोचक छ । प्रेममा अमुर्त भाव हुन्छ । नवलपरासीका नरबहादुरले प्रमिलालाई भेटेपछि यस्तै महशुस गरेका थिए । काठमाडौ निवासी प्रमिला देखेर उनको मनले पहिलो नजरमै सकरात्मक धारणा बनाए । ललितकला क्याम्पसमा अध्ययन गर्दै गरेका प्रमिला र नरबहादुर एक अर्का संग नजिक भएका थिए । यसो त उनीहरु एउटै कक्षाका विद्यार्थी भने होइनन् । प्रमिला नरबहादुरको सिर्जना नियाल्ने गर्थिन । कला अध्ययनकै क्रममा उनीहरु दुवै जना नजिक भए ।

 


नरबहादुरको आर्ट स्टुडियोमा साथीहरु संगै प्रमिला सिक्न आउने गर्थिन् । भेटघाटले अप्रत्यक्ष रुपमा दुवै जना नजिकिदै गए । नरबहादुरले भने प्रमिलालाई उहिले नै मन पराएका थिए । उनले नै प्रस्तावा पनि राखे । प्रमिला सुरुमा दुविधामा थिइन् । के गर्ने के नगर्ने ? मनले भने नरबहादुरलाई स्वीकारोक्ती दिइसकेकी थिइन् । विहेको सन्र्दभमा चाहि उनीहरुको रमाइलो किस्सा छ । साहित्यकार मञ्जुलको ठुलोे प्रयासमा आफुहरुको विहे सम्भव भएको नरबहादुर बताउछन् । काठमाडौ बासी भएकीले प्रमिलालाई उपत्यका बाहिर खासै विहे नगरिदिने घर सल्लाह रहेछ । मञ्जुलले चाहि प्रमिलाको परिवारलाई भेटेर नरबहादुर असल युवा भएको भन्दै विहे गर्न अनुरोध गरेका रहेछन् । प्रमिला भन्छिन्, ‘उहा नभएको भए, सायद परिवार राजि हुदैन थिए ।’ तीन वर्षको प्रेम सम्वन्धलाई साकार पार्दै नरबहादुर र प्रमिलाको जीवन अगाडि बढ्दैछ । जीवन साथी भएपनि करिअर स्थापीत गर्न भने दुवै जना आ—आफ्नै ढंगले लागि परेका छन् । नरबहादुर स्थापीत कलाकार भईसके । विभिन्न देश विदेशमा पुगेर कला प्रर्दशनीको अनभुव समेत नरबहादुरले बटुलेका छन् । विके आर्ट ग्यालरी समेत सञ्चालन गर्दै आएका उनी ल्यान्डस्केप चित्र कोरेर राम्रो आयस्रोत जुटाउन सक्ने कलाकार हुन् । यता प्रमिला कुसल आमासंगै गृहणी र चित्रकार तीन वटा भुमिकामा संघर्ष गर्दै छिन् । उनको सिर्जनामा प्राविधिक भन्दा पनि भावनात्मक धारणा देख्न सकिन्छ । उनी भन्ने गर्छिन्, ‘मनमा जे आउछ त्यहि आफ्नै शैलीमा उर्ताछु ।’ एउटी छोरी हुर्काउदै प्रमिलाले फेरि चित्रकला करिअरमा निरन्तरता दिदैछिन् । दोस्रो एकल चित्रकला प्रर्दशनीको तयारीमा रहेकी उनले अब भने करिअरमा केन्द्रित हुने बताइन् ।No automatic alt text available.