एमाले-माअाेवादी विघटन : नयाँ पार्टीकाे महासचिवमा बिष्णु पाैडेल र प्रवक्तामा नारायणकाजी

जेठ ३, काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकता गरेका छन्  ।  दुर्इ पार्टीकाे एकीकरण पश्चात् बन्न लागेको ‘नेपाल कम्युनिष्ट पार्टी’को सचिवालय टिम ९ सदस्यीय बन्ने भएको छ । एमाले नेता विष्णु रिमालका अनुसार सचिवालयमा केपी ओली, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहेका छन् ।

एकीकृत पार्टीको महासचिवमा पौडेल र प्रवक्ताको जिम्मेवारीमा श्रेष्ठ रहने पनि उनले जानकारी दिए । यता, २४१ सदस्यीय केन्द्रीय टिम बन्नेमा ४५ सदस्यीय स्थायी समिति बनाउने भएको छ ।

यसअघि ४३ सदस्यीय स्थायी समिति बनाउने निर्णय गरेकामा दुई नेता छुटेकाले थप गरिने भएको छ । प्रचण्ड र अाेलीले अालाेपालाे अागामी महाधिवेशनसम्म पार्टी चलाउने समझदारी यसअघिनै कायम भइसकेकाे छ ।