संघीय संसदका दुबै सदनका बैठक आज वस्दै

वैशाख ३०, काठमाडै—संघीय संसदका राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दैछन् । दुबै सदनका बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे सुरु हुने भएको छ । बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता बारे छलफल गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
गत वैशाख २६ गतेको संघीय संसदको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५÷०७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश गर्नु भएको थियो । त्यसपछिका बैठकमा सांसदहरुले बजेटका प्राथमिकतामा आफ्नो धारणा राखिरहेका छन् ।