मोदीले गरे जानकी मन्दिरमा पूजा

 

काठमाडौ, २८ वैशाख —भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरस्थित जानकी मन्दिरमा पूजा गरेका छन् । उनले षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका हुन् ।
मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ ।