उपल्लो मुस्ताङमा बेमौसमी हिमपात

काठमाडौ २७, बैशाख—उपल्लो मुस्ताङमा बेमौसमी हिमपात भएको छ । बुुधवार पानी परेसगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । हिमपात र वर्षासँगै बढेको चिसोका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकलगायतका विकास आयोजनाको काममा समस्या भएको छ । जोमसोमदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा प्रभावित भएको छ ।