बाजुराका स्वास्थ्यकर्मी द्दारा सुुरक्षको माग गर्दै सेवा बन्द

काठमाडौ २७, बैशाख —बाजुराको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा कार्यरत स्वास्थ्य कर्मीले सुरक्षाको माग गर्दै इमरजेन्सी बाहेक सबै सेवा बन्द गरेका छन् । स्वास्थ्य कर्मी माथि असुरक्षाको कारण देखाउँदै केन्द्रले दिने इर्मजेन्सी बाहेकका सबै सेवा सुरक्षाको वातावरण निर्माण नभएसम्म बन्द गर्ने निर्णय गरेका हुन् ।
काम गर्ने वातावरण नै नभएको, गाली बेइज्जती, जातपातमा होच्याउने, र हातपात गर्ने गतिविधि नरोकिएकोले आफूहरु सुरक्षाको अनुभूति नभए सम्म काममा नफर्किने मेडिकल असिष्टेण्ट एवं कार्यालय प्रमुख डाक्टर विजय कुमार शाहले बताउनुभयो ।
डाक्टर विजय कुमार शाह, डाक्टर सत्य शाही सहीत १३ जना कर्मचारीको उपस्थितिमा बसेको बैठकले स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक जसे ल्वारमाथि कानुनी कारवाहीका लागि माग सकेत गरेका छन् । जसे ल्वारले मदिरा सेवन गरेर कार्यालय भित्र प्रवेश गरी गाली दिएको अनमी पर्मीला विष्टको भनाई छ । आकस्मीक बसेको बैठकले जसे ल्वारलाई कारवाही नभए विरोधमा उत्रिने र सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।