आगजनी गरेको आशंकामा चारजना पक्राउ

काठमाडौ, २५ बैशाख— गाडीमा आगजनी गरेको आशंकामा इलाम प्रहरीले चारजनालाई पक्राउ गरेको छ । प्रहरीले इलाम नगरपालिका–३ जौवारीका काजीमान सुनुवार, सूर्योदय नगरपालिका–१२, आइतबारेका लाक्पा शेर्पा, इलाम नगरपालिका–३ बस्ने चन्द्र थापा र इलाम नगरपालिका–३ पूवामझुवाका समिर भन्ने सञ्जीवकुमार राईलाई सोमबार पक्राउ गरेको हो ।
मेची राजमार्गको इलाम पूवाखोला सडक खण्डमा गत वैशाख २२ गते गाडीमा आगजनी गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ इलामका प्रहरी उपरीक्षक विपीनकुमार कर्माचार्यले जानकारी दिएका छन ।
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको दिन गाडीमा आगजनी भएको थियो । पक्राउ परेका उनीहरुको साथबाट चन्दा रसिद, पार्टीका विभिन्न पर्चालगायतका सामग्रीसमेत बरामद गरिएको बताइएको छ ।