प्रहरीका १६ एसएसपी डीआईजीका लागि सिफारिस, सुची हेर्नुस

काठमाडौ २५, बैशाख —नेपाल प्रहरीका १६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएका छन् । गृहमन्त्रालयको बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवाको सिफारिस सूचीमा केदार रिजाल पहिलो नम्बरमा छन् । त्यस्तै शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का रविन्द्रप्रसाद शर्मालगायत बढुवा हुने भएको छ ।
त्यस्तै, कमलबहादुर जिटी, महेन्द्र कुमार पोखरेल, महेश बिक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दानसिंह बोहरा, शुशिल कुमार भण्डारी, रामप्रसाद श्रेष्ट र सुरज केसीको नाम बढुवाका लागि सिफारिस भएको छ ।
संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ ।