जनप्रतिनिधिको सुरक्षा चुनौती बढ्यो – मुख्यमन्त्री पौडेल

बैशाख २०, भक्तपुर – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधिको सुरक्षा चुनौती बढ्दै गएकाले सजग हुनु पर्ने बेला आएको बताएका छन् । बुधबार मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित कोरिया–नेपाल मैत्री अस्पतालमा पुगेर मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले बढ्दो सुरक्षा चुनौती प्रति चिन्ता व्यक्त गरेका हुन् ।

गत वैशाख ८ गते शनिबार श्रेष्ठ माथि सांघातिक आक्रमण गर्ने आक्रमणकारी अहिले सम्म पक्राउ नपरेकामा समेत उनले चासो दिए । मुख्यमन्त्री पौडेलले भने, “आक्रमण भएको ११ दिन बितिसक्दा पनि किन आक्रमणकारी पक्राउ परेनन् । म बुझ्ने छु र तत्काल आक्रमणकारीलाई पक्राउ गर्न निर्देशन दिनेछु ।” श्रेष्ठ माथि आक्रमण भएको सिसी क्यामरामा कैद भएको दृश्य हेर्दै उनले जनप्रतिनिधि माथि सुरक्षा चुनौती थपिँदै गएकाले चुस्त सुरक्षा व्यवस्था गर्नु पर्ने बताए ।
रासस