स्वदेशमै रोजगारीको माग गर्दै र्याली( फोटोफिचर)

काठमाडौ — स्वदेशमै रोजगारीको माग गर्दै शनीबार राजधानीमा हजारौं युवायुवतीहरु राष्ट्रिय झण्डा लिएर सहभागी भए। कार्यक्रममा उपस्थितहरुले स्वदेशमै रोजगार न्युनतम मासिक तलब ३० हजारको ग्यारेन्टी गर, रोजगार नभए बेरोजगार भत्ताको ग्यारेन्टी गर , युवा बेच्न बन्द गर, माटो सुहाउँदो शिक्षा प्रणाली लागू गर, बन्द उद्योग संचालन गर जस्ता दबाबमुलक नाराहरु लगाएका थिए । राष्ट्रवादी केन्द्र नेपालले आयोजना गरेको र्याली भृकुटीमण्डप हुदै रत्नपार्कमा पुगेर समापन भएको थियो ।

 

 


तस्वीर— ज्ञानमणि नेपाल कालोटोपीको फेसबुकबाट