सुन तस्कर प्रकरणः पुर्वआईजिपी पनि शंकाको घेरामा, एसपी खनाल निलम्बित

बैशाख १४,काठमाडौँ – तस्करले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट काठमाठौं भित्र्याएको ३३ किलो सुन तथा सनम शाक्य हत्या प्रकरणमा पूर्वप्रहरी महानिरिक्षक आईजिपी प्रकाश अर्याल पनि छानविन समितिको दायरामा परेका छन् ।

यस विषयमा गृह मन्त्रालयले छानविन गर्न बनाएको समितिले अर्यालसँग पनि बयान लिने भएको छ ।

बयानका लागि छिट्टै उनलाई समितिमा बोलाईने स्रोतले बतायो ।

३३ किलो सुन तस्करीमा संलग्न भएको अरोपमा पक्राउ परेका एसपी विकास खनालविरुद्ध मोरङ प्रहरीले कर्तव्य ज्यान तथा संगठित अपराध अन्र्तगत मोरङ जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको समय लिएको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।