स्वागतका नाममा विद्यार्थीलाई लामबद्ध नगराउन शिक्षामन्त्रीको निर्देशन

बैशाख १४, काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयहरुमा स्वागतमा नाममा परम्परागत रुपमा गरिने फूलमाला र विद्यार्थीलाई लाइन लगाउने जस्ता संस्कारहरु नगराउन निर्देशन दिएका छन् ।

मन्त्री पोखरेल बुधबार गोरखाको पालुङटारस्थित अमरज्योति जनता मावि लुईंटेल पुग्दा विद्यार्थीहरुको लाइन देखेपछि अन्यन्त्रका विद्यालयमा पनि त्यस्तो कार्य नगर्न/नगराउन शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल मार्फत निर्देशन दिएका मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।
रासस