पूर्वडीआईजी निरौलालाई विराटनगर लगियो

बैशाख १२, काठमाडौं – साँढे ३३ किलो सुन तस्करी गर्न सघाएको आरोपमा आइतबार काठमाडौंमा पक्राउ गरिएका पूर्वडीआईजी गोविन्द निरौलालाई थप अनुसन्धानका लागि सोमबार विराटनगर लगिएको छ ।

उनलाई जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ । अदालतले एक साता म्याद थपेको छ । हवाईमार्गबाट विराटनगर पु¥याइएका निरौला माथि कर्तव्य ज्यान र संगठित अपराधको मुद्दामा अनुसन्धान जारी छ ।

सुन काण्डमा मोरङका सनम शाक्यको हत्या भएको थियो । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गायब भएको साँढे ३३ किलो सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको छानबिन समितिले निरौलाको बयान लिएको थियो । तस्करीका मुख्य नाइके भनिएका चूडामणि उप्रेती ‘गोरे’ आफ्ना साथी नेत्र उप्रेतीका छोरा रहेको बयान छानबिन समितिलाई दिएका थिए । गोरे सुनकाण्डका भरिया सनम शाक्यको हत्या अभियुक्त हुन् । गएको माघमा विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गौशालाबाट बरामद गर्दा पनि निरौला विमानस्थलका प्रहरी प्रमुख थिए ।
राजधानीबाट