महाभुकम्पका तीन वर्ष— डकुुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ प्रर्दशन— टेलरसहित

इमेलखवर, काठमाडौ—१९९० को महाभुकम्पको कुुनै पनि दस्तावेज बनेन त्यस बेलाका दश्यको कुन पनि भिडियो निर्माण भएको छैन । अहिलेका पुुस्ताले त्यो बेलाका दृश्यहरु हेर्न सकेनन । यदि त्यो बेलाको भयावह अवस्था अहिलेका पुस्ताले देख्न सकेको भए पछिल्लो यति धेरै क्षति हुने थिएन । यहि महसुस गर्दै पत्रकार गणेश पाण्डेले ‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्री निर्माण गरेका छन ।

उक्त डकुमेन्ट्री मंगलबार राजधानीको मार्टिन चौतारीमा प्रर्दशन गरियो । २०७२ साल बैशाख १२ गतेको  भुकम्पमा ८९७९ ले ज्यान गुमाएको र २२,३०९ घाइते भएको पुुर्ननिर्माण प्राधिकरणको तङयाकले देखाएको छ । घाइतेमध्ये पाण्डेले ९ जना घाइतेहरु कसरी दैनिक जिवन गुजारीरहेका छन भन्ने कुरा डकुमेन्ट्रीमा देखाउन खोजेका छन ।

डकुमेन्ट्रीमा धरहरावाट खसेर पनि बाचेकी बबिता सेडाई देखि ५ दिन सम्म जमिन मुनि बसेका पेम्बा लामाको उद्धार कार्यलाइ समेटिएको छ । काठमाडौ देखि गोर्खाको वारपाकका घटनालाइ दृश्यमा देखाइएको छ । तेह्र भाषामा अनुुवादित गरिएको डकुमेन्ट्रिीको सहयोगले करिब २० वटा शैक्षिक अक्षय कोष र रामेछापमा दुइवटा बिद्यालय समेत निर्माण गरेको पाण्डेले बताए।४६ मिनेटको डकुमेन्ट्रिी करिब १० लाखमा निर्माण गरिएको हो ।

हेरौ टेलर