अत्यावश्यक सेवा बन्द हड्ताल निषेध

 

वैशाख ११, काठमाडौं –सरकारले अत्यावश्यक सेवा क्षेत्रमा बन्द, हड्ताल गर्न नपाउने निर्णय गरेको छ । अव नागरिकको दैनिक जीवन प्रभावित हुने गरि वन्द गर्न पाइने छैन ।

आज मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यातायात व्यवसायीले सिण्डिकेट अन्त्य गरेको विरोधमा हड्ताल गर्न लागेपछि यस्तो निर्णय गरेको हो ।

सार्वजनिक हितका लागि आवश्यक सेवामा हडताल गर्न निषेध हुनेगरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।