विक्रम आदित्य र पूजा श्रेष्ठ बने फेश अफ नेपाल

 

काठमाडौ — विक्रम आदित्य महासेठ र पूजा श्रेष्ठलाई औपचारिक रुपमा फेश अफ नेपाल २०१८ का रुपमा घोषीत भएका छन । शुक्रबार साँझ त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा अवस्थित कर्मा लाउन्ज एण्ड बारमा संचालन भएको २०१८ एशिया मोडल फेस्टिभल फेश अफ नेपाल शीर्षकमा संचालन भएको फेसन तथा मोडलिङ सम्बन्धीत प्रस्तुतिमा घोषित भइका हुुन । विक्रम यस अघि मोडल हन्ट नेपाल सीजन थ्रीका विजेता हुन् भने पूजा मिस सुप्रानेसनल २०१६ का विजेता हुन् । विक्रम र पूजा दुवै जना मोडलिङमा सक्रिय रहँदै आएका छन् । एशिया मोडल फेस्टिभल फेश अफ नेपाल कार्यक्रमको यो तेस्रो संस्करण हो २०१८ एशिया मोडल फेस्टिभल फेश अफ नेपालका रुपमा चयन भएका विक्रम र पूजा यही अप्रिल २५ देखि मे महिनाको ६ तारिख सम्म दक्षिण कोरियामा संचालन हुने एशियाको सबैभन्दा वृहत् र चर्चित मानिएको एशियाली मोडल र फेसन जगत्का ठूलो अवसर एशियन मोडल फेस्टिभलमा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । सो कार्यक्रममा नेपाल सहित एशिया क्षेत्रका मंगोलिया, कोरिया, भारत, चीन, इन्डोनेसिया, फिलिपिन्स, थाइल्याण्ड, जापान, भियतनाम, मलेशिया, हङकङ लगायत २७ मुलुकका मोडलहरुको उपस्थिति रहनेछ ।