सुरुङ मार्ग प्रदेश सरकारको प्राथामिकता–मुख्यमन्त्री डोरमणी पौडेल

वैशाख १०, काठमाडौ– तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सुरुङ मार्ग प्रदेश सरकारको प्राथामिकता भएको बताउनु भएको छ ।

लगानी बोर्डद्धार हेटौँडामा आयोजित लगानी सम्बन्धी कार्यक्रममा सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले अर्थतन्त्रमा प्रभाव पार्ने भएकोले सुरुङ मार्ग निर्माण जरुरी भएको विचार व्याक्त गर्नु भयो । ३ नम्बर प्रदेशमा लगानी भित्र्याउन सुरक्षा प्रमुख चुनौती भएको पनि उहाँले बताउनुभयो ।

सम्बृद्ध नेपाल वनायन उद्योग मैत्री वातावरण वनाउनु पर्नेमा उहाँको जोड थियो । यहि प्रदेशमा रहेको पूँजीलाई मात्र व्यवस्थित गर्न सके पनि प्रदेशको विकास गर्न सकिने उहाँले बताउनुभयो । उद्योगमा सरकारको कारण मात्र समस्या नभएको भन्दै मुख्यमन्त्री पौडेलले उद्योगीहरुबाट पनि धेरै समस्याहरु रहेको बताउनुभयो