फेसबुकमै कलाकार दिपकराज गिरी र क्यूएफएक्सका सञ्चालक भाष्कर ढुुंगाानाको भनाभन

काठमाडौ —पछिल्लो केही दिनयता बक्स अफिस प्रणाली लागु हुने भनिएदेखि सिनेजगतमा एक किसिमको तंरगनै पैदा गरेको छ। यसैक्रममा निर्माता, लेखक, तथा कलाकार दिपकराज गिरीले बिहीबार बिहान एक स्टाटस लेखेका थिए । दीपकले लेखेका स्टाटसमाथि क्युुएफएक्सका सञ्चालक भाष्कर ढुगााना बिरोधमा उत्रिएका छन । फेसकबुकमै उनीहरुको भनाभन चलेको छ ।
दीपकराज—  फिल्म चलेपछि निर्माताको हातमा आउनुपथ्र्यो शेयर तर आउँछ बिरालो । अब यो सिन्डिकेट विरुद्ध
भास्कर—  तपाईले गरेको व्यापारिक सम्झौता अनुसार तपाइलाई कसैले सेयर दिएको छैन भने तपाईँ पुलिस प्रशासन कहाँ जान सक्नु हुन्छ । होइन भने यस्तो अप्रकट र हल्का विचार राखेर प्रदर्शक साथीहरूलाई अपमान नगर्नु भन्ने मेरो आग्रह ।

दीपकराज— बिचारको लागि धन्यवाद सर । एक त यहाँ प्रदर्शक साथीहरूको कहीँ कतै नाम उल्लेख गरिएको छैन । हिजो हजुर बुवाले बिरालो बाँधेको कागजमा मैले त हस्ताक्षर गरेँ होला । मेरो भावी पुस्ताले नगर्न सक्छ । आफूले पाउँदै आएको कुरा अव्यवहारिक छ भन्दा हलुका नलाग्नु पर्ने ।

भास्कर— सर तपाई अभिनय त राम्रो गर्नु हुन्छ, तर तर्क चाहिँ दिनु हुन्न । तपाईँ भिक्टिम हो भने किन हो भनेर खुलाउनु न । कहाँ भयो तपाइलाई अन्याय ? के कारणले तपाईँ वा तपाइका साथीहरूले बडी सेयर पाउनु पर्ने ? तपाईँ हिट भएर धेरै व्यापार ल्यानु भएकोले ? तपाइले अरू भन्दा बढी लगानी गर्नु भएकोले ? तपाइले बडी जोखिम लिएर पृथक् फिल्म बनाउनु भएकोले ? केही त होला नि तर्क ? वा क्युएफएक्स ले बढी पैसा कमायो त्यसको खास आधार नै छैन भने पनि हुन्छ । म रिसाउँदिन । तर केही न केही तर्क त चाहियो नि हैन ?

दीपकराज— यहाँ नेर त्राह भन्ने शब्द सरले नलेख्नु भएको भए हुन्थ्यो सम्पूर्ण मल्टीप्लेक्स र सिगंल थिएटरकै कुरा गर्दैछु । परम्परागत कुरै ठिक छ भन्ने भ्रम बाट हजुरहरू र हामीहरू दुवै मुक्त हुनु पर्छ । अब त हुँदा हँदा केही सिगंल थिएटरले पनि हलमा सुधार नगरी ५०, ४०, ३० प्रतिशतको प्रणालीको सिको गर्न थालेका छन् । जबकि सम्झैता ५०(५० प्रतिशतको थियो । मेरो स्पष्ट बिचार चलचित्र हाउसफुल वा अकुपेन्सी कायम हुन्जेल ५०(५० र अकुपेन्सी कमजोर हुन थाले हल हललाई घाटा हुने अबस्थामा५५(४५ ५ कायम गर्ने । त्यो पनि भएन कमजोर फिल्म लाई हटाइदिने । यो व्यवहारिक हुन्छ भन्ने हाम्रो भनाइ हो ।

भास्कर—संसार भरि सिनेमा व्यापारको सेयर बाँडफाँडको आधारहरू हुन्छ । यसमा सबै हल वा निर्माता हरूले आफ्नो तर्क राख्लान । हाम्रो पनि छन् । सबै पर्मुला सबैको लागि नमिल्न पनि सक्छ तर यहाँ सहजताक लागि, सानो हलको पनि शोषण नहोस्, सानो निर्माताको पनि शोषण नहोस् भनेर दुईवटा संघहरुले दबकष्अ अबचतभ िरुल बनाएको छ । त्यो समय सापेक्षित छैन भन्ने र यसको समय समयमा रिभ्यु हुनु पर्छ भन्नु कुरा ठिकै हो । नयाँ आधार समय समय मा बनाएर जानु पर्छ म तपाइको यो कुरामा सहमत छु । मा यो पनि कुरामा सहमत छु कि धेरै व्यापार ल्याउने, गराउने व्यवासाहीहरु पुरस्कृत हुन पर्छ । यो आधार को एउटा खम्बा हो भने तपाईँ आफ्नो तर्क राख्नुहोस् हामी आफ्नो तर्क । हामीलाई पनि हामीले लिएको रिस्क अनुसार र हामीले दिएको व्यापार अनुसार तपाईँले पाएको तपाइको रिस्क रिर्टनको अनुपातमा रिटर्न नआएको जस्तो लाग्छ । हामी पनि त्यसको तर्क राख्छौ, तपाईँ पनि राख्नुहोस् । कि हाम्रो सेयर बढ्छ कि तपाईँको बसेर कुरा गरौँ । तर म मात्रै भिक्टिम अरू सबै चोर भन्ने तपाईँको यो घुमाउँरो अभिव्यक्ति, न तर्कसम्मत छ, न तपाइको वदा निर्मातालाई सुहाउने ।

दीपकराज— सरको पछिल्लो भनाई मै समाधान छ । हामी दुवै केही बेरको बिचार विमर्शमै करिब करिब एकै बिन्दुमा पुग्यौँ । यही उपाय नै अन्तिम उपाय हो । सरको स्ट्याटसको पछिल्लो लाइन चाहिँ अन्यथा नलिइ मलाइ गरिएको मायाको रूपमा मात्रै लिएको छु । मायालाई फिल गर्ने हो तर्क गर्ने होइन ।