‘वान टु वान’ वार्ता सकियो, छलफलमा चार एजेण्डा

 

काठमाडौं, ६ वैशाख  ।  दुई ठूला वाम पार्टीबीचको बहुप्रतिक्षित एकता घोषणा तयारी लम्बिदैं जाँदा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच विहिबार पौने तीन घण्टा बालुवाटारमा छलफल भएको छ । छलफल उच्च स्रोतका अनुसार बैठकमा आलोपालो प्रणाली, दुई अध्यक्षको कार्यकारी अधिकार, केन्द्रीय कमिटीदेखि तलसम्म दुवै पार्टीको संख्यात्मक हिस्सेदारी र जनयुद्धलाई विधानमा राखेर राजनीतिक उपलब्धिलाई सम्मान गर्ने विषयमा केन्द्रीत रहेर छलफल भएको थियो ।

माओवादी केन्द्रले सम्मानजनक एकतामा जोड दिँदै आना केही नेतालाई स्थायी समिति र पोलिटब्यूरोमा ब्यवस्थापन गर्नुपर्ने प्रस्ताव गरेपछि बढिमा ४० प्रतिशत हिस्सा दिएर एककता सम्पन्न गर्ने गृहकार्य अघि बढेको छ । एमालेको २ सय ६ सदस्यीय केन्द्रीय कमिटीमा माओवादी तर्फबाट बढिमा ४० प्रतिशत थप्ने तयारी भएको हो ।