मुख्यमन्त्री भट्टका छोरीहरु सामुदायिक विद्यालय भर्ना

 

काठमाडौ,वैशाख ५— प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना दुई छोरीलाई सामुदायिक विद्यालय भर्ना गरेका छन् ।
राष्ट्रिय विद्यार्थी भर्ना अभियानअन्तर्गत मुख्यमन्त्री भट्टले आफ्ना छोरीहरूलाई धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालय भर्ना गरेका हुन्। उनकी जेठी छोरी लक्ष्मी भट्ट कक्षा १० र कान्छी छोरी पुनम भट्ट कक्षा ८ मा पढ्छिन्।

मुख्यमन्त्री भट्टले सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउने वातावरण प्रदेश सरकारले बनाउने बताए। सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीदेखि राजनीतिज्ञले समेत आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने उनले जोड दिए ।