पार्टी एकता वैशाखमै हुन्छः दाहाल

काठमाडौ —नेकपा माओवादी केन्द«का अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको एकता वैशाख महिनामै हुने बताएका छन्।
चितवनको भरतपुरमा बुधबार प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवनले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने ‘ पार्टी एकता ९ गते नभएपनि यहाबाट फर्किएपछि प्रधानमन्त्रीसग कुरा हुन्छ त्यसपछि मिति  तोकेर एकता बैशाख भित्र नै हुुन्छ।’
पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले तयारी पुरा नभएकाले वैशाख ९ गते पार्टी एकीकरण हुने सम्भावना टरेको बताए। ‘गृहमन्त्रीको नेतृत्वमा बनेको कार्यदले बुझाएको प्रतिबेद माथि हिजोबाट मात्रै गम्भीर छलफल शुरु भएकाले ९ गतेनै सबै टुंगिदैन कि, भन्ने हाम्रो ठम्याइ हो,’ उनले भने। संचारमाध्यममा आएजस्तो चुनाव चिन्ह, सिद्धान्त र पदका विषयमा टुंगो लागिनसकेको उनले बताए।
‘कुनै विवाद भयो भन्ने कुरा भने विल्कुलै होईन, विधानमा जनयुद्व र जनआन्दोलनलाई कसरी सम्वोधन गर्ने र पार्टीका विभिन्न समितिलाई कुन आधारमा बनाउने भन्ने कुराको विषयमा अहिले छलफल छ’, उनको भनाई थियो।