सर्वनाममा परिबन्ध

प्रकृती दाहाल

काठमाडौ —बैदेशिक रोजगारको शिलशिलामा विदेश गएकाहरु परिवारसंग    सम्पर्क बिहिन भएर उतै बसेका घटनाहरु प्रशस्त छन । विदेशी भुमीमा प्राप्त गरेको रमझम र दाममा घरपरिवार विर्सिदै जाने गरेका छन युवाहरु । वैदेशिक रोजगारले निम्त्याएको यस्तै घटनाहरु समावेश गरि तयार भएको नाटक ‘परिबन्ध’ यतिबेला सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ ।

नेपालको पुर्वी भेगमा वसोवास गर्ने मंगोलियन समुदायको कला र संस्कृती समेटिने गरि घटित घटनालाइ नाटकमा उर्तान खोजिएको छ । कथाकी मुल पात्र नुमाको वरिपरि कथाबस्तु घुमेको छ । नुमाको बिवाह पारुहाङ्घसंग भएपश्चात उनका जिवनमा घटेका घटनाहरुलाइ नाटकमा देखाउन खोजिएको छ ।

नाटक सर्वनाम थिएटरका १२ औ ब्याचको प्रशिक्षार्थी समुहकै लेखन निर्देशनमा प्रस्तुती गरिएको हो । नाटकमा न्युन दृश्य बिधानहरुको प्रयोग गरिएको छ । मञ्चमा झिलिमिली बतीको दृश्यले तिहारको आवास दिलाउछ ।

नाटकमा तान्छुहाङ, बबीहाङ, मिङ्सो, विशाल, प्रशान्त, नरबहादुर, वीरबहादुर साहु लगायतका पात्रहरुको मन छुने प्रस्तुती देख्न सकिन्छ । नाटक वैशाख १५ गतेसम्म चल्नेछ ।