बनेन पराजुलीको पेन्सनपट्टा

काठमाडौं, बैशाख ०४– पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाश मितिमा विवाद हुँदा पेन्सन पट्टा बन्न सकेको छैन। दुईवटा जन्ममितिमा विवाद देखिएपछि उनको अवकास मिति दुईवटा हुँदा पेन्सन पट्टा तयार पार्ने निजामती किताबखाना अलमलमा देखिएको हो।
पराजुलीले चैत २ देखि लागू हुनेगरी पेन्सन पट्टा पाउनुपर्ने दाबी गर्दै किताबखानामा निवेदन दिएका थिए। न्यायपरिषद्बाट पठाइएको विवरणअनुसार पराजुलीको अवधि २०७४ साउन २१ सम्म रहेको उल्लेख छ।
नागरिकता, शैक्षिक प्रमाणपत्रमा जन्ममिति सम्बन्धि विवादमा मुछिएका पूर्व प्रधान न्याायधीश गोपाल पराजुलीलाई न्याय परिषद्का सचिव नृपध्वज निरौलाले सात महिना अगावै पदावधि सकिएको २०७४ फागुन ३० जानकारी गराएपछि पदमुक्त भएका थिए।
न्यायपरिषद्ले पठाएको अवकाशको मिति सात महिना अघि भएको भन्दै पत्र पठाएपछि उनले पराजुलीले चैत १ मा राजिनामा दिएका थिए।‘पदमुक्त’को पत्र प्राप्त भएपछि अर्को्दिन राष्ट्रपति समक्ष राजिनामा पेस गरेका हुन्।