काजलको क्रिएसन


प्रकृती दाहाल

काठमाडौ —काजल शर्मा छोटो समयमा सफलता हासिल गर्न सकेकी फेशन डिजाइनर हुन् । विराटनरकी उनी सानैदेखि फेशन क्षेत्रमा करिअर बनाउन चाहन्थीन् । तर, उनको सुरुवात भने बैंकीङ क्षेत्रबाट भयो । उनी काठमाडौ आएपछि बैंकमा एकाउन्टेन्टको रुपमा काम गर्न थालिन् । पैसा गन्ने काम भन्दा उनलाई पहिरन सिर्जना गर्ने सिर्जनशील पेशामा रुचि थियो । आफ्नो इच्छा पुरा गर्न उनी सर्ट टर्म कोर्स पढिन् । पढाईले उनको गन्तव्यलाई सफल पार्न टेवा पुरायो । चार वर्षको दौरानमा उनले थुप्रै फेशन डिजाइनीङ गरेकी छन् । विभिन्न कलाकारसंग काम गरेको अनुभव छ । काजल क्रिएसन संचालन गर्दै आएकी उनी मेहनत मा विश्वास गर्छिन् ।
‘फरक यात्रा गर्दा समस्या त पक्कै पनि हुुन्छ तर आफनो रहर भने मार्न सकिने रैनछ । ’उनी भन्छिन । सानै देखि आफुलाई ड्ेस सेन्स भएकाले पनि फेशन डिजाइनर हुने रहर पुरा गरिन ।


छोटो समयमा पनि निकै सफलता हासिल गर्नुुको श्रेय भने उनी सम्बन्धहरुलाई नै दिन्छिन । उनले थुप्रै सेलिब्रटीहरुको शरीर सुुहाउदो पहिरन डिजाइन गर्दै आएकी छन । कलाकारहरु दिपा श्री निरौला, गरिमा पन्त, केकी अधिकारी, बेनिशा हमाल गायिकाहरुमा जुुनुु रिजाल, अञ्जुु पन्त लगायतमा डिजान गरीन । वडा नं छ, तिन घुम्ती, चर्खा चलचित्रमा पनि डिजाइन गरेकी छन ।
ड्रेस छनोट गर्दा के का लागि हो कहाँ जानका लागि भन्ने कुुरामा बिशेष ध्यान दिनुुपर्ने उनी बताउछिन । जिउडाल सबैको एकनाशको हुदैन त्यहि अनुशार ड्रेस छनोट गर्नुपर्ने उनको सुझाव छ ।
अहिले गर्मी मौसम बढ्दै गइरहेको छ यो मौसममा पातलो मानिसलाई लाइट, स्काइ, पिच कलरको पहिरन सुुहाउछ भने मोटो मानिसलाई रानी, मरुन, डार्क, रंगको पहिरन सुहाउने उनले बताइन ।