चित्रकला प्रतियोगितामा युरिका श्रेष्ठ प्रथम

प्रकृती दाहाल
काठमाडौ —प्रकृति तथा वन्यजन्तु संरक्षणमा जनचेतना फैलाउने उद्देश्यका साथ राजधानिको माइतिघर मण्डलामा बिद्यालय स्तरीय चित्रकला प्रतियोगितामा साउथ प्वाइन्ट बोर्डिङ स्कुल काठमाडौंका युरिका श्रेष्ठ प्रथम भएकी छन ।

जनमानसमा प्रकृतिको महत्वलाई पु¥याउनका लागि सप्ताहाव्यापी कार्यक्रमको आयोजना गरिएको प्रकृति तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मन बहादुर खडकाले बताए ।

२३औं वन्यजन्तु सप्ताह अन्तर्गत चित्रकला प्रतियोगिता गरिएको डब्लुडब्लुएफ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत कपिल खनालले बताए । जनचेतामूलक कार्यक्रमको रुपमा कला, साहित्य, नाटक, गीत, वन्यजन्तुसम्बन्धी फोटोग्राफी लगायतका सिर्जनात्मक कार्यक्रम गरिरहेको खनालले जानकारी दिए ।

जल, जमिन, जंगल, जनावर, जलाधार, जडिबुटी जोगाउने अभियान स्वरुप कार्यक्रम गरिएको संरक्षण अभियन्ता तथा साहित्यकार देवी घिमिरेले जानकारी दिए ।

ग्लोबल पाठशाला भक्तपुरका समृद्धि राई दोस्रो, त्रियोग स्कुल काठमाडौंका कञ्चन ढकाल तेस्रो तथा ज्ञानोदय बालबाटिका ललितपुर र एम्बिसन एकेडेमी काठमाडौंका सगुन सिंह ठकुरीले सान्त्वना पुरस्कार पाएका छन् ।  प्रतियोगितामा १६ स्कुलका ४२ विद्यार्थी सहभागी भएका छन् ।