भन्सार छलीका सामान बरामद


वैशाख १, काठमडौ–सीमावर्ती क्षेत्रमा वढिरहेको तस्करी नियन्त्रणमा परिचालित प्रहरी टोलीले विराटनगरमा भन्सार छलेर ल्याइएका ठूलो परिमाणको सामान बरामद गरेको छ ।
गएराति इलाका प्रहरी कार्यालय रानीको टोलीले भारतबाट भन्सार छलेर ल्याइँदै गरेको ७५ लाख रुपैयाँभन्दा बढीका सामान बरामद गरेको हो । बरामद गरिएका सामानहरु खाद्यान्न, कपडा, सुपारीलगायत रहेको प्रहरीले जनाएको छ । ती सामान विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।