आर्थिक समृद्धिको महाअभियानमा सघाउन प्रधानमन्त्रीको आग्रह

वैशाख १, काठमाडौ– प्रधानमन्त्री केपी ओलीले मुलुक अब आर्थिक युगमा प्रवेश गरेको वताउनु भएको छ । यो अवसर पुरा गर्न सरकार पुरापुर दृढ रहेको वताउनु भयो ।
नयाँ बर्षको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै पर्यटकीय स्थल मुगुको राराबाट प्रधानमन्त्री ओलीले आर्थिक समृद्धिको महाअभियानमा सघाउन सबै पक्षलाई आग्रह गर्नुभएको हो । देशमा अव राजनीतिक आन्दोलन सकिएकोले समृद्ध नेपाल वनाउने दिशामा अघि बढेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकका समस्याहरु समाधान गर्न सरकार सक्षम रहेको उल्लेख गर्नुभयो ।
२०७४ साल महत्वपूर्ण राजनीतिक उपलव्धिको बर्ष रहेको उल्लेख गर्दै उहाँले राजनीतिक संक्रमणकालको अन्त्य हुँदै आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको बताउनुभयो । करिव १ घण्टाको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले प्रस्तुत हुने बताउँदै यसका लागि आवश्यक कानुनी र संरचनागत सुधार गरिने जानकारी दिनुभयो ।