डीआइजी रमेश खरेलले दिए राजीनामा

 

काठमाडौं,चैत २८— प्रहरी नायब महानिरीक्षक (डीआइजी) रमेश खरेलले राजीनामा दिएका छन । उनले आफनो फेसबुकमा स्टाटस लेख्दै राजीनामाको घोषणा गरेका छन 
उनले फेसबुकमा लेखेका छन ।
नवनियुक्त प्रहरी महानिरीक्षक ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै २९ बर्षको सेवा अवधीबाट अलगिने निर्णय गर्दछु साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदिबहिनी प्रति आभार व्यक्त गर्न चाहन्छु । जयनेपाल !
प्रहरी महानिरीक्षक (आइजीपी) मा दावेदार मध्येका एक खरेल सरकारले डीआइजी सर्वेन्द्र खनाललाई आइजीपी बढुवा गरेपछि असन्तुष्ट थिए।