‘आईजीपी नियुक्तिमा चलखेल हुदैँन’— गृहमन्त्री थापा

काठमाडौ, चैत २४ —गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका लागी कुनै चलखेल नहुने बताएका छन ।
भरतपुर विमानस्थलमा प्रेस सेन्टर र प्रेस चौतारी नेपालले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले एआईजीको सेवा अवधि सकिएपछि नियमित प्रकृयाबाट नियुक्ति गर्ने बताए । ‘अब हुने नियुक्ति बैधानिक र न्यायसंगत होस् भन्नेमा छौ’ थापाले भने‘, भविष्यमा पहिलाको जस्तो चलखेल नगरी निश्चित प्रकृया अनुसार नियुक्ति हुने छ ।’