जातीय कमेन्ट गर्नेविरुद्ध शंकर विसीको मुुद्धा दर्ता

काठमाडौ —म्युजिक भिडियो निर्देशक शंकर विसीले आफूमाथि जातीय कमेन्ट गर्नेहरुलाई साइबर क्राइम बिरुद्ध मुुद्धा दर्ता गरेका छन । उनले महानगरीय प्रहरी परिसर टेकुमा सोमबार मुुद्धा दर्ता गराएका हुुन ।
केहि दिन अगाडि बिसिले एक यूट्यूव पत्रकारलाई थर्काएको भिडियो अपलोड गरेसगै उनीमाथि सामाजिक सञ्जालमा आलोचना गरेका थिए । तीमध्ये केही कमेन्टमा जातीय कुरा गरिएकाले विसीले उनीहरु बिरुद्ध मुुद्धा दर्ता गराएका हुुन ।
आफुुसग सुुरक्षित लिङ्घहरुको आधारमा उनले प्रमाण जुुटाइ ६ जना व्यतिmहरु पता लागेका छन । ती ६ जनाको फेसबुुकबाट भने ती कमेन्टहरु हटिसकेका छन ।
लिंक खोलेर हेर्दा ६ जनामध्ये ३ जना मलेसियाका, १ सिंगापुरका र दुई जना नेपालका रहेछन। नेपालमा रहेकाहरुलाई तत्काल पक्राउ गरिने र विदेशमा रहेकाहरुलाई नेपाल आएको बेला पक्राउ गरिने प्रहरीले आश्वासन दिएको छ । यदि साइबर क्राइममा दोषि प्रमाणित भएमा ५ वर्ष जेल वा १ लाख जरीवाना वा दुवै सजाय हुन सक्छ ।