अब सार्वजनिक सवारीमा रोयल्टी नतिरी गीत बजाउन नपाइने

चैत्र १९,काठमाडौँ – यातायात व्यवस्था विभागले ल्याएको नयाँ नियम अनुसार अब सार्वजनिक सवारी साधनले रोयल्टी नतिरे सम्म गीत बजाउन नपाउने भएका छन् । यातायात व्यवस्था कार्यविधि निर्देशिका २०६० को संशोधन गर्दै विभागले यस्तो नियम ल्याएको हो ।

सार्वजनिक सवारीले न्यूनतम एक हजार देखि दुई हजार सम्म वार्षिक रोयल्टी तिर्नु पर्छ । नियम अनुसार सार्वजनिक सवारी साधनले संगीत रोयल्टी चुक्ता प्रमाणपत्र पेश नगरे सम्म सवारी साधनको नविकरण र नयाँ दर्ता गर्न पाउने छैनन् ।
अन्नपूर्णबाट