क्रिकेट रंगशाला बनाउन धुर्मुसलाई भावना घिमिरेको साथ

चैत्र १९, काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुसको अभियानमा सहकार्यको हातहरु बढ्दै गएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल लगायतले रंगशाला निर्माणमा सहयोग गर्ने आश्वासन दिएसँगै अभियानले नयाँ मोड लिएको छ ।

रंगशाला बनाउने घोषणा गरेका सिताराम कट्टेल (धुर्मुस) लाई सहकार्यको लागि नेपाल क्रिकेट संघकी पूर्व सीइओ भावना घिमिरे अघि सरेकी छन् । आफू मन, वचन र कर्मले यो अभियानमा सामेल हुने भावनाले बताएकी छन् ।

लर्ड बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माण अभियानसँग जोडिएकोमा धुर्मुसले खुशी व्यक्त गरेका छन् । धुर्मसले सामाजिक सञ्जालमा उनीसँगको भेटबारे जानकारी गराउँदै सहकार्यले अभियान छिट्टै सफल हुने विश्वास व्यक्त गरेका छन् ।