यस्ती पनि आमा ? जसले आफ्नै छोरालाई आईरनले डामेपछि…

विराटनगर । संसारमा सबैधन्दा प्यारो शब्द र साईनो भनेको आमा हो । सबै गुण खोज्दै जाँदा हामी ति गुणहरु आमा बाहेक अरु कसैमा पनि पाउँदैनौ । चाँहे त्यो मानिसमा होस्, या अन्य जीव जन्तुमा ।

सबैले आफ्नो आमालाई भगवानको दोस्रो रुपमा लिने गर्दछन् । तर तीन भगवान आमा कहिले कोही कालीको रुपमा प्रस्तुत हुन्छिन् । विराटनगरमा यस्तै घटना घटेको छ । जुन घटनापछि हाम्रो समाजमा आमाको नाममा यस्ता कलंक पनि रहेछन् भन्ने कुरा मनमा उब्जिन्छ ।

विराटनगर ३ कमलमार्गकी सरला काफ्ले घरमा श्रीमान/श्रीमतीबीचको रीस आफ्नो अबोध छोरामा पोख्दै आएकी छन् । अन्नपूर्ण बोर्डिङ स्कूल विराटनगरमा यूकेजीमा अध्ययनरत ५ वर्षे छोरा सपिफलाई आमा सरलाले कुटपिट गर्नुका साथै तातो आइरनले शरीरभरी डाम्दै आएकी छन् ।

सपिफले आमाबाट पाएको यो यातना एक पटक मात्रै हैन्, दिनँहु जसो उनले कुटपिट र तातो आइरनको यातना सहदै स्कुल जाने गरेका छन् । विद्यालय सधै ढिला पुग्ने गरेका सपिफलाई सरहरुले सोधपुछ गर्दा उनको शरीरभर पुरै आइरनले डामेको घाउँ देखिएका थिए ।

विद्यालयले यस्तो नगर्न पटक–पटक सरलालाई आग्रह गर्दै आएको थियो । तर झन–झन यातना दिनथालेपछि विद्यालयले प्रहरी प्रशासनमा उजुरी दिएको थियो । यतिबेला सरला प्रहरी हिरासतमा छिन् ।

तातो आइरनले पोलेको घाउ बच्चाले देखाएपछि आफूहरू सहन नसकेर बच्चाका बाबु र प्रहरी प्रशासनलाई खबर गरेको विद्यालयका प्रिन्सिपल अमिस रेग्मीले जानकारी दिए । छिमेकीले बच्चा नकुट्न आग्रह गरेपनि उनले झनै बढी यातना दिन थालेकी थिइन् ।

श्रीमान/श्रीमतीबीच आपसी झगडाको रिस उनले छोरामाथि पोख्ने गरेको छिमेकीको भनाई छ । उनका श्रीमान विक्रम काफ्ले काठमाडौंमा बस्दै आएका छन् । बुढा भएका बाबुआमालाई पनि श्रीमतीले यातना दिएपछि उनले काठमाडौंमा आफूसँगै राखेका छन् ।

श्रीमतीले आमाबुबालाई पनि यातना दिने, झै–झगडा गर्ने गरेका कारण आफूहरू छुट्टै बस्न थालेको र सम्बन्धविच्छेदका लागि मुद्दासमेत हालेको उनले बताए । अदालतमा १८ गते तारिख रहेको बताउँदै उनले त्यतिञ्जेल बच्चा आफूसँगै राख्ने अनुमति दिन प्रहरीलाई अनुरोधसमेत गरेका छन् । उनको आग्रह स्वीकार्दै प्रहरीले ती बालकलाई बाबुको जिम्मा लगाएको छ ।

तस्बिरः सामाजिक सञ्जाल फेसबुकबाट