अमेरिकामा विशाल जुलुस ; ‘बच्चाको रक्षा गर, बन्दुकको होइन’

एजेन्सी—जथाभावी बन्दुक प्रयोग भएको भन्दै अमेरिकामा विशाल जनप्रर्दशन भएको छ । राजधानी वासिन्टन डिसीमा ‘मार्च फर आवर लाइभ्स’ नारा गुन्जाउदै सबै भन्दा ठुला प्रर्दशन भएको हो । अन्तराष्ट्रि समाचार एजेन्सीहरुका अनुसार वासिन्टन डिसीमा पांच लाख प्रर्दशनकारी सडकमा उत्रिउर बनदुक नियन्त्रणको माग गरेको जनाएका छन् । बीबीसीले यस्ता प्रर्दशन ८ सय भन्दा बढि स्थानमा गरिएको बताएकोछ ।
समाजका अन्य व्यक्तिको साथमा त्यहाका विद्यार्थीले प्रर्दशनीको नेतृत्व लिएका छन् । नारामा प्रोटेक्ट किड्स नट गन’, अर्थात बच्चाको रक्षा गर, बन्दुकको होइन भन्ने नारा तिब्र बनाएका छन् । उनीहरुले बन्दुक भन्दा महत्वपुर्ण विद्यार्थी हुन्छन भनेर पनि प्रचा प्लेकार्ड बाडेका छन् ।