कटारीमा चौथो मेयर गोल्डकप

चैत्र ११  , कटारी – उदयपुरको कटारीमा जारी चौथो मेयर गोल्डकप फुटवल अन्तर्गत आजको खेल बनेपा ब्वाइज काभ्रे र गाोर्खा ब्वाइज रुपन्देहीबीच हुने भएको छ । हिजोबाट सुरु भएको कटारी गोल्डकपको उद्घाटन खेलमा साहारा क्लब पोखरा विजयी भएको छ । घरेलु टिम कटारी ११ लाई २–० ले पछि पार्दै साहाराले आफ्नो सेमिफाइनलको यात्रा तय गरेको हो । साहाराका लागि अजित गुरुङ्गले दुई गोल गरे । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख पचास हजार नगद पुरस्कार, शिल्ड र प्रमाणत्र पाउनेछन् । कटारी मेयर गोल्डकप जिल्लाकै अहिलेसम्मकै सबैभन्दा ठूलो राशी भएको गोल्डकप हो ।