एसईईमा १ हजार ९ सय ४० विद्यार्थी अनुपस्थीत

इमेलखबर
काठमाडौं—डोटीमा माध्यमिक शिक्षा परिक्षा(एसईई) मा एक हजार ९ सय ४० विद्यार्थी अनुपस्थित छन् । क्षत्रीय शिक्षा निर्देशनालयले जस्तो तथ्यांक खुलाएको हो । नियमीत भन्दा एक्जाम्टेड तर्फ बढि अनुपस्थित देखिएको हो । नियमीत तर्फ ८ सय ९५ विद्यार्थी अनुपस्थित रहेको निर्देशनालयले जनाएकोछ ।
क्षेत्रीय शिक्षा निर्देशनालय परीक्षा फाँटका मोहन बहादुर कठायतका अनुसार , एक्जाम्टेड तर्फ एक हजार ४५ अनुपस्थित रहेको बताए । नियमित तर्फ ४९ हजार ६ सय ३७ र एक्जाम्टेडतर्फ ३ हजार एक सय ११ विद्यार्थीले परीक्षा दिएका उनले जानकारी दिएका छन् । त्यस्तै? प्रदेश ७ मा एसईई परिक्षाका लागि ५५ हजार २ सय २८ ले फारम भरे पनि ५ सय ४० विद्यार्धी परिक्षा दिन अयोग्य देखिएका छन् । अनुपस्थित हुनेको संख्या छात्र भन्दा बढि छात्रा रहेको देखिन्छ ।

स्रोत कान्तिपुर